चैत २३, काठमाडौँ। रास्वपाका सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा अन्तरिम आदेश नहुने भएको छ।
सिन्धुलीका युवराज पौडेल लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको मुद्दा नचलाउने निर्णय बदर गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च गएका थिए।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले हिजो पहिलो सुनुवाइ गर्दै युवराज पौडेलले दिएको रिटमा उठाएका कतिपय मुद्दाको अन्तिम किनारा लगाउँदा निरूपण हुने भएकाले अहिले अन्तरिम आदेश नहुने लिखित आदेश गरिएको छ।
- न्युज बहार संवाददाता