Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

महानगरले काठमाडौं प्लाजामा आफ्नो सबै कार्यलयको सामान सार्दै।

  •   ४ वर्ष अघि | ३ बैशाख २०८०, आइतवार

बैशाख ३, काठमाडौं महानगरपालिकाले कार्यालयले आफ्नो कार्यलयको सबै सामान काठमाडौं प्लाजामा सर्न सुरू गरेको छ। 

प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले अहिले महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा पार्टेसन गरी बनाएका संरचना लिएर काठमाडौं प्लाजामा सामानहरू सार्न सुरू गरेको  जानकारी दिएका छन। उनका अनुसार सामान सार्ने काम महानगरको प्रशासन विभागबाट सुरू गरिएको छ।

उनले भने 'कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौं तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइका पार्टेसन खोल्ने काम बुधबारदेखि सुरू हो।'

महानगरले छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न प्लाजा भाडामा लिएको जानकारी गराएको छ।

  • न्युज बहार संवाददाता

थप