चैत ३०, काठमाडौँ। सूचना, सञ्चार तथा प्रविधि मन्त्री र नेपाल सरकारकी प्रवक्ता समेत रहेकी रेखा शर्माले काठमाडौं महानगरका मेयर बालेन शाहका कदमले जनता बिच राम्रो सन्देश नगएको बताएकी छन्।
मन्त्री शर्माले सिंहदरबारलगायत भिआईपी ठाउँको फोहोर उठाउन नदिने मेयर बालेनको कदम उनको पदीय दायित्वविपरीत भएको आज बिहीबार मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बताएकी छन।
मन्त्री शर्माले भनिन् ‘फोहोर मैला व्यवस्थापन अर्को कुनै कुरा भएन भनेर हड्ताल गर्ने विषय होइन, स्थानीय र संघीय सरकारबीच समन्वय हुनुपर्छ तर फोहोर उठाउँदिनँ भन्ने कदमले राम्रो सन्देश गएको छैन।’
यता शहरी विकास मन्त्री सीता गुरूङले मेयर बालेनलाई छलफलमा बोलाउँदा पनि नआएको क्याबिनेटमा ब्रिफिङ गरेको मन्त्री शर्माले जानकारी दिएकी छिन।
- न्युज बहार संवाददाता