असोज १२, काठमाडौँ । सरकारी वकिल तर्फबाट ६० किलो सुन तस्करी प्रकरणमा बहस सकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अधिकारीहरूले बुधवारबाट बहस थालेका थिए ।
सरकारको तर्फबाट सुन प्रकरणमा जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, निर्मला मरासिनी, युवराज पौडेल र सुर बहादुर परियारले बहस गरेका छन्।
बुधवारबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा थुनछेक बहस सुरु भएको हो ।
अहिले २६ जना सुन प्रकरणमा थुनामा रहेका छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीले आजबाट थुनछेक बहस गर्दै छन् ।
- न्युज बहार संवाददाता