असोज १०, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।
लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले निगमको जहाज खरिद गर्न लागेको बताएका हुन ।
पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री किरातीले भने, “जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे छ तर हामी पारदर्शीपूर्ण ढङ्गले प्रक्रिया अघि बढाउँछौँ, कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँन चाहान्छु ।”
- न्युज बहार संवाददाता