Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

नक्कली भुटानी शरणार्थी प्रकरण : को छुटे, को थुनामै छन?

  •   ८ महिना अघि | १५ मंसिर २०८०, शुक्रबार

मंसिर १५, काठमाडौँ । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश गरेको छ । उच्च अदालतले मंसिर ५ गतेदेखि भएको निरन्तर सुनुवाइपछि आज शुक्रबार जिल्ला अदालतको ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ । 

प्रतिवादीहरु डा.इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव प्रसाद दुलाल, टोपबहादुर रायमाझी, सागर राई,सानु भण्डारी, आङटावा शेर्पा, गोविन्दकुमार चौधरीसन्देश शर्मालाई उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो । 

त्यस्तै थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतले आदेश दिएका प्रतिवादीहरु हरिभक्त महर्जनसँग १५ लाख, नरेन्द्र केसीसँग १० लाख, सन्दीप रायमाझीसँग ३० लाख, शमशेर मियासँग १० लाख, रामशरण केसीसँग १५ लाख  र टेकनाथ रिजालसँग १५ लाख धरौटी माग गरेको छ । उच्च अदालतद्वारा धरौटी माग गरेकाहरुले माग गरेको धरौटी बुझाएमा उनीहरु थुनामुक्त भई मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

त्यसैगरी काठमाडौँ जिल्ला अदालतले धरौटी लिई थुनामुक्त गरेको केशव तुलाधर र लक्ष्मी महर्जनलाई उच्च अदालत पाटनले पनि साधारण तारेखमै रिहा गर्नेलाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ  भने त्यसैगरी यसअघि थुनामा पठाइएका टंक गुरुङ र आशिष बुढाथोकीलाई पनि साधारण तारेखमै रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । 

दुई न्यायाधीशको राय प्रतिवादी बालकृष्ण खाँणको हकमा भने बाझिएको छ । दुई न्यायाधीशको राय बाझिएपछी तेश्रो न्यायाधीशको इजलासमा सुनुवाइका लागि पेश गर्ने आदेश भएको छ । खाँणको बारेमा तेश्रो न्यायाधीशको आदेशपछि धरौटीमा छुट्ने वा थुनामै रहने भन्ने आदेश हुनेछ । 

  • न्युज बहार संवाददाता

थप