बैशाख ३१, काठमाडौँ । आज सोमबार स्वास्थ्य तथा उपप्रधान मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले राजीनामा पत्र पठाएका हुन् ।
राजिनामा
दिएसँगै उनले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीसँग सहकार्य गर्न नसकिने समेत बताएका
छन । उनले भने ‘यो परिस्थितिमा सहकार्य गर्न सकिन्न भन्ने लागेर राजिनामा दिएको हो।’
सरकारलाई आफूहरूले दिएको
समर्थन पनि नरहने अध्यक्ष यादवले बताएका छन । यस विषयमा उनले भने ‘सहकार्य नै नभइसकेपछि समर्थनको के अर्थ हुन्छ
र?, अब हाम्रो
तर्फबाट सरकालाई समर्थन हुँदैन।’
- न्युज बहार संवाददाता