भदौ २६, काठमाडौँ । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा नेकपा एमालेले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबार बिहान बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।
नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विशेष शोक प्रस्ताव पारित गरिएको बताएका छन ।
- न्युज बहार संवाददाता