चैत
१९, काठमाडौँ। यही चैत २० गते सोमबार आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको
उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ।
निर्वाचनमा
भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नु पर्ने निर्वाचन
आयोगले कार्यक्रम तय गरेको छ।
उपनिर्वाचनका
लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना भइसकेको छ।
- न्युज बहार संवाददाता