साउन १३, हेटौँडा । नेपाली कांग्रेस संसदीय
दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । मंगलबार बागमती
प्रदेशअन्तर्गत संसदीय दलमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ
।
पूर्वमन्त्री
समेत रहेका सांसद सुरजचन्द्र लामिछानेका अनुसार दलको नयाँ नेताका लागि प्रस्ताव
गरिएका इन्द्रबहादुर बानियाँको पक्षमा २२ मत परेको छ भने लामाको पक्षमा १५ मत
मात्र परेको हो । लामाले यो सँगै संसदीय दलको नेताबाट विश्वास गुमाएका छन् ।
बागमती
प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामालाई अब राजीनामा दिएर यससँगै मार्ग
प्रशस्त गर्न नैतिक दबाब बढेको छ।
- न्युज बहार संवाददाता