असोज
११, काठमाडौँ । अभियन्ता ईः र काठमाडौँ महानगरपालिका र बीच सहमति भएको छ । बुधबार
दिउँसोदेखि जारी वार्ता राष्ट्रिय सभा गृहमा राति सकिएको थियो । अभियन्ता ईःले वार्ता
सकिएपछि पत्रकार सम्मेलन गरेका छन् ।
दुबै पक्षबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ महानगरपालिकाका तर्फबाट मेयर बालेन शाहको सचिवालय सदस्य धिरज जोशी र कार्यपालिका सदस्य चिनीकाजी महर्जनले सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमति पत्रमा हस्ताक्षर गरेका छन्। त्यस्तै अभियानकर्ता ई:का तर्फबाट ईःले नै चार बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

- न्युज बहार संवाददाता