बैशाख
१७, काठमाडौँ। केही दिन अघि देखि धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका
संस्थापक अध्यक्ष महावीर पुनसँग सरकारले छलफल गरेको छ।
आज आइतबार
रक्षा मन्त्रालयमा भएको छलफलमा सरकार र पुनका तर्फबाट वार्ता टोली बनाउने र
सोमबारभित्र सहमति गर्ने समझदारी बनेको जानकारी प्राप्त भएको छ।
आज सिंहदरबारमा दिउँसो उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनलगायतबीच छलफल भएको हो।
छलफल सकिएपछी महावीर पुनले पत्रकारहरूसँग कुराकानी गर्दै आफूले उठाइरहेका माग सम्बोधन गर्न सरकार सकारात्मक देखिएको प्रतिक्रिया दिएका छन।
- न्युज बहार संवाददाता