जेठ १०, काठमाडौँ । आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको छ । सङ्घीय संसद् भवन, बानेश्वरमा आज दिउसो चार बजे उक्त संयुक्त बैठक बस्ने प्रकृया रहेको छ।
आजको यस बैठकमा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूचीमा रहेको छ।
यता प्रतिनिधिसभा बैठक भने आज बिहान ११ बजे बस्ने लागेको छ। यस बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने बताइएको छ।
- न्युज बहार संवाददाता