असोज २३,
काठमाडौँ । इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा
आवेदन दिएको परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले जानकारी गराएका छन् ।
उनले आज मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उक्त जानकारी गराएका हुन ।
उनका अनुसार स्वदेश फर्कन चाहनेहरुलाई नेपाल ल्याउन हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सलाई तयारी अवस्थामा राखीएको छ।
मन्त्री साउदले त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताएका छन ।
- न्युज बहार संवाददाता