Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँमा चल्यो दुई राउण्ड गोली, एक जना घाइते

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा दिनदहाडै गोली चलेको छ। 

यसरी गोली चल्दा एक जना व्यक्ती घाइते भएका जानकारी प्राप्त भएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।

लुटेरा समूह तीन वटा मोटरसाइकल चढेर आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।

प्रहरीले लुटेरा समूहमाथि दुई राउण्ड गोली प्रहार गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जनाएका छन ।

उनले भने, ‘लुटेराहरू लुट्न आउँदैछ भन्ने सूचना पापछी सोअनुसार हाम्रो टोली पुगेको थियो, प्रहरीलाई देखेर लुटेराहरुले पेस्तोल ताकेपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएका हौं।’

लुटेरा समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • न्युज बहार संवाददाता

थप