Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

त्रिशुली अस्पताल सुत्केरी मृत्यु केस, राजमार्गमा आन्दोलन गरि बिरोध प्रदर्शन ।

पिपलटार गेट र चन्द्रज्योती चोकमा स्थानीयले सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार

फागुन १३, नुवाकोट । त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरी सरिता न्यौपानेको मृत्यु भएको भन्दै स्थानीयले पासाङ लाह्मु र गल्छी त्रिशुली राजमार्ग अबरुद्ध बनाएका छन् । राजमार्गको पिपलटार गेट र चन्द्रज्योती चोकमा स्थानीयले सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।

मृतकका श्रीमान् भिमसेन गजुरेलकाअनुसार त्रिशूली अस्पतालले दोषीलाई कारबाही गर्न भएको सहमति विपरीत विज्ञप्ति जारी गरेर थप पीडित बनाएपछि आन्दोलन गरिएको बताएका छन् । बिदुर नगरपालिका ५ पिपलटारकी २४ वर्षीया सरिता न्यौपानेको उपचारको क्रममा १० फागुनमा काठमाडौंमा मृत्यु भएको थियो ।

१२ फागुनमा उक्त घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय र अस्पताल घेराउ गरिएको र उक्त दिन दोषीलाई कारबाही गर्ने गरी छानबिन समिति बनाउन सहमति भएको मृतकका श्रीमान् गजुरेले जानकारि दिएका छन तर त्यस सहमति विपरीत शुक्रबार नुवाकोट जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले विज्ञप्ति निकालेको र पिडितले पैसाको लागी आन्दोलन गरेको जस्तो भाव प्रकट गरेको जस्तो देखाउन खोजिएको मृतकका आफन्तहरुले बताए छन् ।

मृतक परिवारले पैसाकै लागि आन्दोलन गरेको भाव झल्किने गरी त्रिशूली अस्पतालले प्रशासनले विज्ञप्ति निकाले पछि थप पीडित उनिहरुलाई आक्रोसीत बनाएको आरोप लगाएका छन। मृतक गजुरेलका मामा कृष्णप्रसाद भट्टले मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले माफी माग्नुपर्ने र उनको राजीनामा नभएसम्म राजमार्गमा आन्दोलन नरोकिने बताएका छन ।

थप