Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बस र ट्रक एकआपसमा ठोक्किदा तिन जनाको मृत्यु

  •   ३ वर्ष अघि | ४ पुस २०८०, बुधबार

पुस ४, बारा । आज बिहान २ बजे बारामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  । उक्त दुर्घटनामा २७ जना घाइते भएका छन्।

आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक र काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३००१ ख २५८७ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

मृत्यु हुनेमा मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा, ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ  र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । 

उनीहरू तिनै जनाको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले प्रहरीले जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप