चैत १३, पोखरा । यही चैत १५ गते बुधबार चैते दशैं पर्वका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।यो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख गरिएको छ।
मन्त्रालयका उपसचिव चण्डिका पौडलले प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको जानकारी दिए ।
- न्युज बहार संवाददाता