Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दोहोरी साँझमा म्याद नाघेको बियर बिक्री, २ लाख जरिवाना

  •   ३ वर्ष अघि | १५ असोज २०८०, सोमवार

असोज १५, काठमाडौँ । म्याद नाघेको बियर काठमाडौँको ठमेलमा रहेको एक दोहोरी साँझमा बिक्री गर्ने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले ठमेलस्थित गामबेंसी दोहोरी साँझमा बजार अनुगमनको क्रममा ग्राहकलाई म्याद नाघेको बियर बिक्री गर्ने गरेको पाइएको जनाएको छ ।

आइतबार साँझ सो दोहोरी साँझमा एक जना ग्राहकले कार्ल्सवर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारे लगत्तै काठमाडौँ महानगरमा उजुरी गरेका थिए ।

सोमबार महानगरको अनुगमन टोली उनै व्यक्तीको उजुरीका आधारमा सो दोहोरी साँझमा पुगी टोलीले स्टोर्समा छड्के अनुगमन गर्दा ८ वटा म्याद गुज्रेको बियर फेला परेको महानगरले जनाएको छ।

महानगरका अनुमगन निरीक्षक डा. अवधेश झाले म्याद गुज्रेको बियर भेटेपछि तत्काल स्टोर्सका सञ्चालक देवदास मानन्धरलाई चेतावनीसहित दुई लाख रुपैयाँ जरिवाना गरिएको गराएको छ ।

  • न्युज बहार संवाददाता

थप