असार २९, चितवन । चितवनमा यात्रु बाहक बस दुर्घटना भएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना भएको हो। उक्त दुर्घटनामा १९ जना घाइते भएका छन् ।
०१–००६ ख ५२३७ नम्बरको यात्रु बस झापाको काँकडभिट्टाबाट काठमाडौँतर्फ जाने क्रममा आज बिहान ५ बजेर मिनेट जाँदा अनियन्त्रित भएर पल्टिएको र बसमा सवार १९ जना घाइते भएको । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
अहिले घाइतेहरुको भरतपुरका विभीन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
- न्युज बहार संवाददाता