जेठ
३०, काठमाडौँ। काठमाडौँमा आफ्नै भाईले हतौडा प्रहार गरी दाइको हत्या गरेका छन्।
जिल्ला प्रहरी परिसर
काठमाडौंका एसपी सीताराम रिजालले हिजो सोमबार राति १२ बजे काठमाडौँ महानगरपालिका-२३ ओमबहालमा भाइले
दाइको हत्या गरेको जानकारी दिएका छन।
सामान्य घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ।
एसपी रिजालले आमालाई दाइले गाली गरे पछी रिसको झोकमा भाइले दाईमाथी हतौडा प्रहार गरी हत्या गरेको बताएका छन।
- न्युज बहार संवाददाता