माघ २२, काठमाडौं । रास्वपा- राष्ट्रिय
स्वतन्त्र पार्टीले सरकारबाट अलग हुने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा बसेको
केन्द्रीय समिति र सांसदहरुको
बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिने निर्णय सँगै रास्वपाका सबै मन्त्रीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाउने भएका छन् ।
सरकार बाट बाहिरिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने बताएको छ।