जेठ
७, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा जिल्ला अदालत काठमाडौंले पीडितको
जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल अदालतमा पेश गर्न आदेश दिएको छ।
जिल्ला
अदालत काठमाडौंका न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले उक्त मुद्दामा गौशाला २६
को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने
आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताएका छन।
यता
सर्वोच्चले यस मुद्दालाई चाँडोभन्दा चाँडो किनारा
लगाउनसमेत आदेश दिएको थियो तर यस मुद्दामा अझै फैसला हुन सकेको छैन।
- न्युज बहार संवाददाता