जेठ ९, काठमाडौँ । मनोहरा जग्गा एकीकरणमा रहेका
अनाधिकृत संरचना काठमाडौं महानगरपालिकाले हटाउन सुरु गरेको छ । महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले आज
जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको जानकारी दिएका छन ।
सडकको फुटपाथमा अतिक्रमण गरेर
बनाएका पेटी र भर्याङ लगायतका संरचना पनि महानगरले हटाएको अर्यालले बताएका छन।
- न्युज बहार संवाददाता