माघ २४, काठमाडौँ
। अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्समा र काठमाडौँ इन्स्टिच्युट अफ एप्लाइड साइन्सको
समूहले गरेको अनुसन्धानबारेको लेख तथा उल्लेख गरिएअनुसार नेपालमा आयोडिनयुक्त नुन चाहिनेभन्दा
बढी विभिन्न खाद्य बस्तुहरुबाट खाने गरेका पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शरीरमा चाहिने भन्दा बढी आयोडिनको मात्रा रहेको भन्दै यसको मात्रा घटाउने तयारी गरेको छ । घटाउने तयारी गरेको छ । शरीरलाई चाहिने भन्दा बढी आयोडिनयुक्त नुनको मात्रा नेपालमा प्रयोग हुदै आएको पाइएको छ ।
देशका सात जिल्लाका भान्साबाट
दुई हजार एक सय सत्र नुनको नमुना सङ्कलन गर्दा आयोडिनयुक्त नुनको प्रयोग ९८
प्रतिशत घरमा गरिएको पाइयो । जसमध्ये करिब ८४ प्रतिशत नमुनामा अत्यधिक आयोडिन
पाइएको थियो । १३ प्रतिशत नमुनामा पर्याप्त आयोडिन र करिब एक प्रतिशतमा आवश्यक
मात्राभन्दा कम आयोडिन रहेको पाइएको थियो ।
आयोडिनको मात्रा शरीरमा आवश्यक
भन्दा बढी वा कम भएमा स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने चिकित्सकहरूको भनाइ छ
।
फिजिसियन डा. रोशनकुमार झा बातउनुहुन्छ आवश्यकभन्दा बढी आयोडिन खाएमा थाइराइड हर्मोनलाई गडबडी गराउछ उहाँ थप्नुहुन्छ “थाइरोइड हर्मोनहरु शरीरमा हुने पोषक तत्त्वहरू पाचन गर्ने प्रक्रिया र शारीरिक तथा मानसिक वृद्धिका लागि आवश्यक पर्छ । आवश्यकभन्दा बढी आयोडिन खाएमा थाइराइड हर्मोनलाई गडबडी गराउछ”। थाइरोइडलाई उत्प्रेरित गर्ने हर्मोन घटबढ भएमा थाइरोइड ग्रन्थि, राइड हर्मोनहरु मुटु, कलेजो, मिर्गौला, दिमागलाई असर गर्छ तर यसो भनिरहदा आयोडिन नचाहिने भन्न खोजोको भने हैन । शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्त्व आयोडिन हो ।
