जेठ
२२, कालिकोट। शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु भएको छ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको गोली लागेर मृत्यु भएको हो।
यही जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएका थिइन।
उनको उपचारको क्रममा मृत्यु भएको हो।
- न्युज बहार संवाददाता