असार १, काठमाडौँ । नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू काठमाडौँ महानगरपालिकाले हटाउन सुरु गरेको छ ।
महानगरको प्रहरीहरुले आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टरहरु हटाइएको छ ।
सुरक्षाका लागि नगर प्रहरी सहित नेपाल प्रहरीको टोली परिचालन गरी टिकट काउन्टरहरु हटाउन थालिएको छ ।
अहिले नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड धमाधम हटाउने काम जारी राखेका छन् ।
- न्युज बहार संवाददाता