साउन ३, काठमाडौँ । साँगामा बस दुर्घटना भएको छ। आज बुधबार । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा दुर्घटना भएको हो।
उक्त बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।
प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले साँगाको पुलमुनि भीरबाट बस खसेको जानकारी दिएका छन ।
घाइतेहरुको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता