Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जंगली हात्तीले फेरी लियो एक पुरुषको ज्यान ।

उनको उपचारको क्रममा मृत्यु भएको हो ।

  •   ४ वर्ष अघि | १२ फाल्गुन २०७९, शुक्रबार

फागुन १२, हेटौंडा । मकवानपुरमा जंगली हात्तीको आक्रमणमा एक जना पुरुषको मृत्यु भएको छ ।

प्रहरीले मृत्यु हुनेमा बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको रहेको जानकारी दिएको छ । घर नजिकै बाख्रा खोरमा बिहीबार राति ९ बजेको समयमा जाँदै गरेका माझीलाई अचानक हात्तीले आक्रमण गरेको थियो। उनलाई घाईते अवस्थामा हेटौंडा अस्पताल लगिएको थियो भने उनको उपचारको क्रममा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार यसअघि गत सोमबार पनि हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । 

थप