चैत २७, काठमाडौं। संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न
नचाहेको महसुश भएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्।
उनले आफूले
९ महिना कोसिस गर्दा पनि संघीय सरकार र स्थानीय सरकार काठमाडौं महानगर बीच समन्वय
गर्न नसकेको बताएका छन।
आज बिहान मेयर शाहले आफ्नो सामाजिक
सञ्जाल फेसबुकमा लेखेका छन् ‘संघीय सरकारले स्थानीय सरकारसँग
समन्वय गर्न चाहेको पटक्कै महसुश हुन्न। पटक-पटकको कोसिसपछि ९ महिना पहल गर्दा पनि समन्वय गर्न र
समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुश्किल परेको अवस्था छ।’
उनको
भनाइले संघीय सरकारसँग समन्वय गरी काम गर्न बारम्बार प्रयास गरिएको प्रष्ट हुन्छ। उनले
अगाडि लेखेका छन ‘बारम्बार
गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारीपन र लापरवाहीको अहिलेसम्मको निष्कर्ष नै सिंहदरबारको
फोहोर नउठाउने निर्णय हो।’
उनले संघीय
सरकारले स्थानीय सरकारको अस्तित्व स्वीकार गर्नै नचाहेको आरोप पनि लगाएका छन।
उनले फेसबुक
मार्फत नै प्रश्न गरेका छन् ‘जुन सरकारले अर्को सरकार र
जनप्रतिनिधिको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको
अस्तित्व स्विकारेको भनेर कसरी मान्ने? संघीय सरकार संघीयताको
सुदृढीकरणमा
छ भन्ने कसरी मान्ने?’
मेयर बालेन शाहले
संघीय सरकारले समन्वय
नगर्दा अघि नबढेका
कामका १४ उदाहरण समेत आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्।
- न्युज बहार संवाददाता