फागुन
२१, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने प्राधिकरणका कार्यकारी
निर्देशक कुलमान घिसिङबारे बारम्बार स्पष्टीकरण किन सोधिएको हो भनेर नेकपा माओवादी
केन्द्रले सरकारसँग जवाफ माग गरेको छ ।
माओवादीका
प्रमुख सचेतक हितराज पाण्डेले आज बुधवार बसेको प्रतिनिधि सभा बैठकमा घिसिङबारे
सरकारको कार्यशैली ठिक नभएको भन्दै रुलिङको माग गरेका हुन ।
- न्युज बहार संवाददाता