Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सदन चल्न दिदैँनौँ, माओवादीले छेपारो झैँ रङ फेर्यो: ज्ञानेन्द्र शाही

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ । छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताएका छन् । प्रमुख सचेतक शाहीले सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

उनका अनुसार गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रूपमा प्रस्तुत भएको र राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको हो।

उनले अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानबिनको दायरामा आउनुपर्ने बताएका छन।

माओवादीले छेपारो झैँ रङ फेरेको माओवादीले छेपारो झैँ रङ फेरेको आरोप प्रमुख सचेतक शाहीले लगाएका छन। उनले आफूहरू माओवादीसँग सहकार्य गरेर संसद्का काम कारबाहीमा अघि नबढ्ने स्पष्ट पारेका छन।

  • न्युज बहार संवाददाता

थप