बैशाख २९, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका तीन नेताले आज भेटेर नक्कली शरणार्थी प्रकरणमा खुट्टा नकमाई दह्रो सँग टेक्न सुझाव दिएका छन् ।
आज शुक्रबार बिहान सहमहामन्त्री भीष्मराज आङ्देम्बे र महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश प्रचण्डसँग भेटवार्ता गरेका थिए।
बालुवाटार स्रोतले प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका तीन नेताले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए भने कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव समेत दिएका छन ।
- न्युज बहार संवाददाता