Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पार्टीभित्र महेश बस्नेत नै साँच्चिकै बहादुर देखिए : केपी शर्मा ओली

  •   १२ महिना अघि | २४ असोज २०८२, शुक्रबार

असोज २४, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रशंसा गरेका छन्। उनले संकटको बेलामा एक्लै सार्वजनिक रूपमा धारणा राखेर बस्नेतले आफूलाई "बहादुर नेता"को रूपमा स्थापित गरेको बताएका छन्।

बैठकमा बस्नेतको विषय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उठाएकी थिइन्। शाक्यले सार्वजनिक रूपमा बस्नेतले बोलेको कुरा पार्टीका लागि लाभदायक नभएको भन्दै त्यसप्रति असन्तुष्टि जनाएकी थिइन्। उनले प्रश्न गर्दै भनिन्, "किन यसरी बोल्न दिइन्छ ? यस्तो कुराले पार्टीलाई फाइदा पुगेको छैन, ध्यान दिनुपर्छ।"

शाक्यको टिप्पणीपछि अध्यक्ष ओलीले तुरुन्तै प्रतिक्रिया दिँदै महेश बस्नेतको बचाउ गरेका थिए। उनले भने, "जब अप्ठ्यारो पर्छ, संकट आउँछ, अरू कोही नबोल्ने रहेछन्। महेश मात्र बोल्ने, काम गर्ने नेता हुन्। पार्टीभित्र उनी नै साँच्चिकै बहादुर देखिए।"

  • न्युज बहार संवाददाता

थप