असार १८,
काठमाडौँ । सत्ता समीकरणमा आएको फेरबदलबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले
टिप्पणी गरेका छन् ।
मंगलबार
बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाई लेख्दै उनले यो समय गिरिबन्धु चियाको
भएको बताएका हुन् । उनी लेख्छन ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’
सोमबार
मध्यरातमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठनका लागि
सहमति भएको बारे उनले आफ्नो विचार सामाजिक सञ्जाल मार्फत साझा गरेका हुन । अहिले कांग्रेस
र एमालेबिचको नयाँ सहमति अनुसार एमाले
अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ ।
- न्युज बहार संवाददाता