असोज १८, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपतिबाट
दिने गरिएको आममाफीको विरोध गरेका छन । उनले कानुनका छिद्रहरू प्रयोग गरेर गम्भीर
अपराधमा जोडिएकालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने गरिएको भन्दै यस्तो
कार्यको विरोध गरेका हुन ।
संविधान
दिवसको दिनमा चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई
आममाफी दिएपछि अहिले जताततै विरोध भइरहेको छ। चेतनकी श्रीमती भारतीले रिगललाई पुन:
जेल पठाउन माग गर्दै माइतीघर मण्डलमा अनशन जारी राखेकी छन् भने उनले सर्वोच्च
अदालतमा राष्ट्रपतिको यस निर्णय विरुद्ध रिट निवदन दिएकी छन जसमको सुनुवाइ आज
रहेको छ ।
प्रतिनिधि
सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले कानुनका
छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने समेत बताएका हुन्।
- न्युज बहार संवाददाता