कार्तिक
३, भक्तपुर । बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बागमती प्रदेशका
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् ।
उनले आज मध्यपुरथिमिमा
नेकपा माओवादी केन्द्र मध्यपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान
कार्यक्रममा बागमती प्रदेशको राजधानी र नाम दुबै अनुपयुक्त रहेको बताएका हुन् ।
मुख्यमन्त्री
जम्मकट्टेलले बागमती प्रदेश नामाकरणमा धेरै जनता खुसी नभएको दाबी समेत गरेका छन ।
उनले त्यतिबेला प्रदेशसभामा आफूले अन्तिम समयसम्म प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए
पनि त्यो सम्भव हुन नसकेको बताएका छन ।
- न्युज बहार संवाददाता