चैत १३, काठमाडौं । आजबाट संयुक्त राज्य अमेरिकाको सेना र नेपाली सेनाको संयुक्त बैठक सुरु हुने भएको छ । हरेक वर्ष हुने गरेको यो संयुक्त बैठक यसपाली चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’मा हुन लागेको हो । यसअघि अघिल्लो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो।
संयुक्त राज्य अमेरिकाको सेना र नेपाली सेनाको संयुक्त बैठकमा यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहने नेपाली सेनाले जनाएको छ ।
नेपाली टोलीको तर्फवाट नेतृत्व गर्नेमा उपरथी अशोकराज सिग्देल रहेका छन भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन ।
- न्युज बहार संवाददाता