Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

संसद अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना सरकारको रहेको छ: प्रचण्ड

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

असार ३, काठमाडौँ । सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)लाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना रहेको टिप्पणी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् ।

प्रचण्डले आज मंगलबार चितवनमा प्रेस सेन्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संसद्मा विचाराधीन कानुन निर्माण प्रक्रियामा अघि नबढ्न संसद् अवरोध रहिरहोस् भन्ने सरकारको चाहना रहेको जनाएका हुन् । 

यस विषयमा उनले आफ्नो भनाई यसरी राखे, ‘अहिले संसद्मा विचाराधीन ऐनहरूको बारेमा काँग्रेस र एमाले सरकारमा छन्, जेसुकै गरुन् भन्यो भने उनीहरू नगर्ने पक्षमा छन्, तपाईँहरूले अहिलेको अवरोधको कुरा हेर्नुभयो भने यो अवरोध रहिरहोस् भन्ने यो सरकारको नेतृत्व चाहन्छ, यो अवरोध नखुले हुन्थ्यो भन्ने चाहाना छ।’ 

  • न्युज बहार संवाददाता

थप