Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारको न कान छ न आँखा छ, योभन्दा नालायक सरकार इतिहासमा कहिल्यै थिएन : गोकुल बास्कोटा

  •   ३ वर्ष अघि | २४ माघ २०८०, बुधबार

माघ २४, काठमाडौँ । आज बुधवारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकार नालायक भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड काभ्रेको पाँचखाल पुगेर आफ्नो ड्राइभरलाई ‘यो बाटो यस्तो होला’ भनेर आफूले नसोचेको भन्ने भनाईको प्रसङ्ग कोट्याउँदै ‘धन्न यो देशको प्रधानमन्त्री !’ भनेर पूर्व मन्त्री समेत रहेका बास्कोटाले टिप्पणी गरेका हुन । 

त्यस्तै अर्थमन्त्रीलाई पटक–पटक बाटो बनाउन आग्रह गरे पनि नबनाएको उनले बताएका छन भने बास्कोटाले जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न समेत गरेका छन ।

बास्कोटाको प्रश्नसँगै मिश्रित भनाइ राख्दै काभ्रे जिल्लाका किसानहरूले दूध बेचेको पैसा कहिले पाउँछन् बनि सरकारलाई प्रश्न सोध्न चाहेको बताएका छन । उनले भने ‘प्रधानमन्त्रीको भनाइ राज्य आइसक्यो भन्ने छ, यही हो राम राज्य ?’

बास्कोटाले वर्तमान सरकारलाई नालायक र गतिहीनको संज्ञा समेत दिएका छन । उनले भने ‘योभन्दा नालायक, गतिहीन, जबाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले ?’

 

  • न्युज बहार संवाददाता

थप