Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ओली र ‘प्रचण्ड’ सँग सम्झौता गर्नुभन्दा मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको रास्वपा महामन्त्रीको निष्कर्ष

  •   २ वर्ष अघि | १२ असार २०८१, बुधबार

असार १२, काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष सहितको प्रतिवेदन रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले तयार पारेका छन्।

महामन्त्री ढकालले ३९ जिल्लाका नेताकार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्।

उक्त प्रतिवेदन उनले आज बुधबार साँझ सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्ने बताएका छन ।

महामन्त्री ढकालले उक्त प्रतिवेदनमा २०८४ को निर्वाचनभन्दा पहिला नै धनगढी उपमहानगरका मेयर गोपी हमाल र काठमाडौँका मेयर बालेन शाहसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख समेत गरेका छन्। 

  • न्युज बहार संवाददाता

थप