Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विद्यार्थीहरूले हेल्प अस कसैले हामीलाई सुनेनन् भनेर इमेल गरेका छन : सुमना श्रेष्ठ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

भदौं १८, काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले निकालेको एमबीबीएस परीक्षाको नतिजाको विषयमा संसद बैठकमा प्रश्न उठाएकी छन् ।

सांसद सुमनाले आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ‘विद्यार्थीहरूले हेल्प अस कसैले हामीलाई सुनेनन् भनेर इमेल गरेको’ बताएकी हुन् ।

उनले विद्यार्थीहरूको धेरै माग नभएको पनि भनेकि छन। विद्यार्थीले ओएमआर सिट, प्रश्नपत्र वा उत्तर उपलब्ध गराउन भनेका छन । यी सुवीधा पाउनका लागि भौतिक रूपमा उपस्थित हुने काठमाडौँ केन्द्रित नियम हटाउन पर्ने र डिजिटल्ली विद्यार्थीले यो सुविधा पाउनुपर्ने माग गरेका छन ।

सातै उनले नतिजा निकाल्दा प्राविधिक त्रुटि भएको हो भने कसको कारणले भएको हो र यसलाई नदोहोर्‍याउन के गर्नुपर्छ भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन । 

  • न्युज बहार संवाददाता

थप