Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

राप्रपाले फागुनदेखि राजधानी केन्द्रित ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छ : राजेन्द्र लिङ्देन

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

पुस २७, काठमाडौँ । माघदेखि राप्रपाले गर्ने सडक आन्दोलनको मार्गचित्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले खुलाएका छन् ।

राप्रपाले आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रमको समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने खुलाएका छन ।

उनले देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने बताएका हुन् । 

अहिलेदेखिनै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि देखिनेगरी आन्दोलन गर्ने उल्लेख अध्यक्ष लिङ्देनले गरेका छन ।

लिङ्देनले भने,‘माघ महिनाभरि तयारी पुरा गरेर फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्छौँ, ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छौँ तर आन्दोलन विल्कुल शान्तिपूर्ण अहिंसात्मक रुपले जनदबाब सिर्जना गर्ने ढंगको हुनेछ । सरकारले दमन गर्‍यो भने त्यो भड्किन सक्छ, अहिले हामी त्यसको अनुमान गर्न सक्दैनौँ । हाम्रो तर्फबाट शान्तिपूर्ण हुनेछ ।’

  • न्युज बहार संवाददाता

थप