असोज २५,
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको
भ्रमणको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको
जवाफ माग गरेका छन् ।
सभापति
लामिछानेले आज बिहीबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि गुन्जीको भ्रमण गरेको भन्दै यसको सम्बन्धमा
सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।
मोदी
नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको उनले
टिप्पणी गरेका छन। छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँदा कुनै औपचारिक
कार्यक्रम समेत नभएको उनले बताएका हुन ।
भारतिय
प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेको उक्त क्षेत्र नेपालको चुच्चे नक्सामा
समेटिएको नेपाली भूमि रहेको उल्लेख गर्दै नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको
भ्रमणको बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताए लामिछानेले बताएका छन ।
- न्युज बहार संवाददाता