Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

संसदमा राजेन्द्र लिङ्दनको प्रश्न : तीनवटा दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरु पछि लाग्नुपर्ने?

  •   ३ वर्ष अघि | २३ साउन २०८०, मङ्लबार

साउन २३, काठमाडौँ । राप्रपाका तर्फबाट बोल्दै राजेन्द्र लिङ्दनले प्रमुख तीन दलले  पुरै देश र संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

आज मंगलबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै लिङ्दनले विरोध जनाउँदै तीन दलले जे भन्छन् अरुले त्यही मान्नुपर्ने अवस्था बनाइएको भनि आरोप लगाएका हुन ।

उनले प्रश्न गर्दै भने ‘केही दलहरु मिलेर पुरै देशलाई, संसदलाई बन्धक बनाउन मिल्छ ? तपाईहरु रातारात सल्लाह गर्ने, तीनवटा दलले निर्णय गर्‍यो भनेपछि हामी लुरुलुरु पछि लाग्नुपर्ने?’ 

उनले सभामुख देवराज घिमिरेलाई समेत प्रश्न गर्दै भने ‘तीन दल बसेर निर्णय गर्नुपर्ने गैरसंवैधानिक अभ्यास संसदमा कसरी भइरहेको छ ?’

  • न्युज बहार संवाददाता

थप