Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्रीले आन्दोलनमा रहेका शिक्षकहरू लाई भने ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने थिएन’

  •   १ वर्ष अघि | २९ चैत्र २०८१, शुक्रबार

चैत २९, रुपन्देही । सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । विद्यालय शिक्षा ऐन चाँडै आउने भएकोले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने उनले जनाएका छन ।

प्रधानमन्त्री ओलीले आज शुक्रबार बुटवलमा नेकपा (एमाले) ले रुपन्देही जिल्ला कमिटीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहनु नपर्ने बताएका हुन ।

यस विषयमा प्रधानमन्त्रीले भने ‘समस्याहरू छन् तर सडकमा गइरहनुपर्ने छैन, म शिक्षकहरूलाई शिक्षा ऐन चाँडै आउँछ भन्न चाहान्छु।’

उनका अनुसार शिक्षकहरूले आफ्ना समस्या मात्रै राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप