साउन ६, काठमाडौँ । गगन थापाले नयाँ पार्टीहरुलाई खहरे सम्झन नहुने बताएका छन । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका उनले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका हुन ।
उनले शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने सम्झने दुबै प्रवृत्ति देखिएको बताएका छन ।
तर उनले यी दुबै प्रवृत्ति गलत भएको र कांग्रेसले आफ्नो कमजोरी सुधार्न ध्यान दिनुपर्ने धारणा समेत राखेका छन।
- न्युज बहार संवाददाता