फागुन ८, काठमाडौँ । देशको राजनीतिक र
आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको टिप्पणी सत्तारुढ दल नेपाली
कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन । उनले यस बारे सबैलाई सतर्क भएर
अघि बढ्नुपर्ने बेला आएको समेत बताएका छन् ।
आज बिहीबार
सुर्खेत पुगेका नेता कोइरालाले सञ्चारकर्मीसँगको कुराकानी गर्ने क्रममा अमेरिकाले
रोकेका सहयोग परियोजनाका कारण अझै धेरै सतर्क हुनुपर्ने अवस्था आएको जिकिर गरेका
हुन ।
कोइरालाले नेपालमा
भइरहेका अमेरिकी परियोजनाहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेपछि नेपालले
पनि पुनर्विचार गर्नुपर्ने बताएका हुन ।
- न्युज बहार संवाददाता