Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोर्स फोर्स लाउन आउनेका लागि मेरो ढोका बन्द हुन्छ : गृहमन्त्री रवि लामिछानेले

  •   ३ वर्ष अघि | २७ फाल्गुन २०८०, आइतवार

फागुन २७, काठमाडौँ । नेपालमा भीआईपी कल्चर अन्त्य हुनुपर्ने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले बताएका छन् । लामिछानेले आज आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रदेशका डीआईजीहरु र देशभरका जिल्ला प्रहरी प्रमुखलाई भिडियो कन्फेरेन्समार्फत निर्देशन सम्बोधन गरेका छन  ।

भिडियो कन्फेरेन्समार्फत उनले भने– ‘भीआईपी संस्कार अन्त्य गर्नुपर्छ, मलाई एउटा पिएसओ मात्र दिए पुग्छ ।’

गृहमन्त्री लामिछानेले प्रहरीमा बढुवा र सरुवा हुन मन्त्रीको धाउनुपर्ने व्यवस्थाको अन्त्य गरिने घोषणा गरेका छन् । आफू पहिलोपटक गृहमन्त्री हुँदा वर्तमान आईजीपी वसन्त कुँवरलाई भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको उदहरण पेस गर्दै उनले भने ‘सरुवा र बढुवाका लागि मन्त्री र सचिवको ढोका चहार्ने प्रथाको अन्त्य गर्नुपर्छ र गर्छु।’

यसैबिच लामिछानेले प्रहरी अधिकृतहरू निजी फाइदाका लागी आफूकहाँ आएमा ढोका बन्द गरिने समेत आजको कन्फेरेन्स मार्फत जानकारी दिएका छन । यस विषयमा उनले उनले भने– ‘सोर्स फोर्स लाउन आउनेका लागि मेरो ढोका बन्द हुन्छ ।’

  • न्युज बहार संवाददाता

थप