Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ महानगर बिक्रिमा छैन : मेयर बालेन शाह

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । मंगलबार बुढानिलकण्ठको एउटा रिसोर्टमा  आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बीचमै छाडेर हिँडेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुधबार अबेर राति आफ्नो सामाजिक सञ्जाल फेसबुकमा त्यसबारे टिप्पणी गरेका छन्।

उनले निजी कम्पनीबाट उपत्यकाका अन्य १७ वटा नगरपालिकाले  पैसा खाएर बैठक राखेकाले बहिष्कार गरेको बताएका छन्।

'देश बेच्न खोजेको' आरोप उनले उपत्यकाका अन्य नगरपालिका प्रमुखहरूमाथि लगाउँदै मेयर बालेनले काठमाडौँ महानगर भने बिक्रीमा नरहेको समेत टिप्पणी गरेका छन्।

उनले लेखेका छन '१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,' नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।'

  • न्युज बहार संवाददाता

थप